आजदेखि खाद्यले बेच्न थाल्यो खसीबोका, बजारमा भन्दा सस्तो पाइने

<p>काठमाडौं । दशैंलाई लक्षित गर्दै सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका तथा च्यांग्राको बिक्री वितरण सुरु गरेको छ । कम्पनीले सोमबार खसीबोका तथा च्यांग्राको मूल्य निर्धारण गरेर मंगलबार बिहानदेखि कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिक्री सुरु गरेको हो । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेलेका अनुसार जीउँदो खसीबोका प्रतिकिलो छ सय [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । दशैंलाई लक्षित गर्दै सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका तथा च्यांग्राको बिक्री वितरण सुरु गरेको छ ।

कम्पनीले सोमबार खसीबोका तथा च्यांग्राको मूल्य निर्धारण गरेर मंगलबार बिहानदेखि कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिक्री सुरु गरेको हो । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेलेका अनुसार जीउँदो खसीबोका प्रतिकिलो छ सय ८० रुपैयाँ तथा च्याङ्ग्रा प्रतिकिलो एक हजार दुई सय ६० रुपैयाँमा बिक्री सुरु भएको छ ।

उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो १० रुपैयाँ छुट पाउनेछन् । कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ ।

उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ । यस वर्षको दशैंमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ ।

Share News