सञ्चालनमा आयो १० करोड लगानीमा बनेको कोटेश्वरको अरनिको बसपार्क

<p>काठमाडौं । पूर्वअरनिको यातायात प्रा.लि.ले काठमाडौंको जडीबुटीमा निर्माण गरेको बसपार्क सञ्चालनमा आएको छ । कम्पनीले असोज २८ गते आइतबारबाट उक्त बसपार्क सञ्चालनमा ल्याएको हो । पूर्वअरनिको यातायात प्रा.लि.को आफ्नै लगानीमा बनाएको बसपार्क काठमाडौं महानगरले संरचना भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आजबाट सञ्चालनमा आएको हो । जडिबुटीमा विभिन्न व्यक्तिको नाममा [&hellip;]</p>

काठमाडौं । पूर्वअरनिको यातायात प्रा.लि.ले काठमाडौंको जडीबुटीमा निर्माण गरेको बसपार्क सञ्चालनमा आएको छ । कम्पनीले असोज २८ गते आइतबारबाट उक्त बसपार्क सञ्चालनमा ल्याएको हो ।

पूर्वअरनिको यातायात प्रा.लि.को आफ्नै लगानीमा बनाएको बसपार्क काठमाडौं महानगरले संरचना भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आजबाट सञ्चालनमा आएको हो ।

जडिबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रा.लि. दर्ता गरेर कम्पनीले झन्डै १० करोड रूपैयाँको लगानीमा बसपार्क बनाएको हो ।

Share News