पानीको जारमा लामखुट्टेको लार्भा भेटिएपछि महानगरले तिरायो एक लाख जरिवाना

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको बुढानीलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगलाई १ लाख जरिवाना तिराएको छ । उद्योगबाट उत्पादन भएको एभरेष्ट जारको पानीमा लामखुट्टेको लार्भा भेटिएपछि सो उद्योगलाई कारवाही स्वरुप एक लाख रुपैयाँ जरिवाना तिराइएको हो । ढुवानी गरेर बेच्न ल्याएको जारको पानीमा लामखुट्टेका लार्भा भेटिएको महानगरले जानकारी गराएको छ । त्यस्तै, महानगरले जरिवानासहित उक्त [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको बुढानीलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगलाई १ लाख जरिवाना तिराएको छ । उद्योगबाट उत्पादन भएको एभरेष्ट जारको पानीमा लामखुट्टेको लार्भा भेटिएपछि सो उद्योगलाई कारवाही स्वरुप एक लाख रुपैयाँ जरिवाना तिराइएको हो ।

ढुवानी गरेर बेच्न ल्याएको जारको पानीमा लामखुट्टेका लार्भा भेटिएको महानगरले जानकारी गराएको छ । त्यस्तै, महानगरले जरिवानासहित उक्त उद्योगलाई विभिन्न निर्देशनसमेत दिएको छ ।

जसअनुसार उद्योगले जारमा पानी भर्नु अगाडि जारलाई अनिवार्य निर्मलीकरण गर्नुपर्ने छ । यस्तै प्रत्येक महिना पानी परीक्षण रिर्पोट ढुवानीकर्तालाई दिन समेत निर्देशन दिएको महानगरको अनुगमन निरीक्षक डा.अवधेश झाले जानकारी दिए ।

Share News