दीगो विकास लक्ष्यको महत्वपूर्ण हिस्सेदार निजी क्षेत्र, कोरोनापछि ‘बाउन्स ब्याक’को अवसर

<p>काठमाडौं । विभिन्न दातृ निकाय, निजी क्षेत्र र राष्ट्रिय योजना आयोगका प्रतिनिधिहरुले पनि दीगो विकासको लक्ष्यमा निजी क्षेत्रको भूमिका महतवपूर्ण रहेको बताएका छन् । मंगलबार राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र संघको सहकार्यमा नेपाल उद्योग वाणिजय महासंघले आयोजना गरेको सातौं दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय फाेरममा अधिकांश वक्ताले देश विकासमा निजी क्षेत्रको भूमिका र [&hellip;]</p>

काठमाडौं । विभिन्न दातृ निकाय, निजी क्षेत्र र राष्ट्रिय योजना आयोगका प्रतिनिधिहरुले पनि दीगो विकासको लक्ष्यमा निजी क्षेत्रको भूमिका महतवपूर्ण रहेको बताएका छन् । मंगलबार राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र संघको सहकार्यमा नेपाल उद्योग वाणिजय महासंघले आयोजना गरेको सातौं दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय फाेरममा अधिकांश वक्ताले देश विकासमा निजी क्षेत्रको भूमिका र योगदान महत्वपूर्ण रहेको धारणा राखे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रले खेलेको महत्वपूर्ण रहेको बताए । अध्यक्ष ढकालले दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य र नवप्रवर्तनमा जोड दिन अपरिहार्य भएको धारणा राखे ।

उनले गरिबी न्यूनीकरण, जलवायूमा भइरहेको परिवर्तन, लैंगिक असामानताका विषयमा सहकार्य र समन्वय गर्नु पर्ने बताए । उनले निजी क्षेत्र, दातृ निकाय र सरकारको साझेदारीमा रोजगारी सिर्जना र उत्पादनमा जोड दिनु पर्ने धारणा राखे ।

ढकालले विश्वव्यापी चुनौतीको सामना गर्न सार्वजनिक–निजी साझेदारी र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको जोड दिए ।

यस्तै, कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले दीगो विकास लक्ष्यमा सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था, विज्ञ, दातृ निकाय र सँगै निजी क्षेत्रको सहयोग पनि अपरिहार्य रहेको बताए । सरकारले हाल १६औं आवधिक योजना तयार पारिरहेकोले यस्ता कार्यक्रमले योजना बनाउन पनि टेवा पुग्ने बताए । उनका अनुसार नेपाल तथा एशियाली राष्ट्रहरुमा कोरोनाको कारण ठूलो असर गरेको र अब अर्थतन्त्रलाई अगाडि बढाउन ब्याउन्स ब्याकको अवसर रहेको धारणा राखे ।

कार्यक्रममा दीगो विकास लक्ष्यका नेपाल डाइरेक्टर दया सागर श्रेष्ठले कोरोनापछि अर्थतन्त्रलाई माथि उकास्ने प्रशस्त सम्भावना तथा अवसर रहेको बताए । उनले अस्वस्थ राजनीति, कमजोर राज्य सत्ता तथा लैंगिंक विभेद तथा वर्गिय मूल्य मान्यताले सिंगो देशको विकासमा धक्का पुग्ने बताए ।

यस्तै, सार्क सचिवालयकी डाइरेक्टर इरोशा कुरेले पछिल्लो समय प्राकृतिक प्रकोप बढ्दै गएकोले नेपालले पनि त्यसमा समेच हुनु पर्ने सुझाव दिइन् । उनले दीगो विकासका लक्ष्य हासिल गर्नका लागि सुरुमा शून्य भोकमरी बनाउन लाग्नु पर्ने धारणा राखिन् । उनले कोरोनाले विश्वमै ठूलो असर गरेको र त्यसले ठुलो संख्याले रोजगारी गुमाएको बताउँदै अब बाउन्स ब्याकको रुपमा अगाडि बढ्नुको विकल्प नभएको धारणा राखिन् । उनले लैंगिक समानताको विषयलाई पनि नेपालले प्रमुख प्राथमिकतामा राख्नु पर्ने बताइन् ।

कार्यक्रममा नेपालका लागि यूएन रेसिडेन्ट संयोजक हाना सिंगरले एक तिहाई देश मात्रै गरिबीको अन्त्य गर्न सफल भएको बताउँदै नेपालले पनि गरिबीको अन्त्य, भोकमरीको अन्त्य, खाद्य सुरक्षा, लैंगिक समानताका साथ साथै आर्थिक सामाजिक तथा वातावरण विकासका लागि सबैले सहकार्य र समन्वय गर्नु पर्ने आवश्यकता रहेको बताइन् ।

पछिल्लो समय खाद्यवस्तुको मूल्य बढिरहेको बताउँदै निजी क्षेत्रले पनि लगानी र उत्पादन बढाउनु पर्ने उनको राय छ ।

Share News