केपी ओली र महेश बस्नेतलाई दुर्गा प्रसाईंको चेतावनी- ‘पैंचो तिर्छु’

<p>काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र नेकपा एमालेका नेता महेश बस्नेतलाई पैंचो तिर्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा कालोमोसोको सिकार बनेका व्यवसायी प्रसाईंले सामाजिक सञ्जालमा स्ट्याटस् लेख्दै यस्तो चेतावनी दिएका हुन् । &#8216;तपाईंहरूले दिनुभएको पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्ने छ, प्रतीक्षा गर्नुहोस्,&#8217; उनले लेखेका छन् । प्रसाईंले केपी ओली [&hellip;]</p>

काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र नेकपा एमालेका नेता महेश बस्नेतलाई पैंचो तिर्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा कालोमोसोको सिकार बनेका व्यवसायी प्रसाईंले सामाजिक सञ्जालमा स्ट्याटस् लेख्दै यस्तो चेतावनी दिएका हुन् ।

‘तपाईंहरूले दिनुभएको पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्ने छ, प्रतीक्षा गर्नुहोस्,’ उनले लेखेका छन् ।

प्रसाईंले केपी ओली र महेश बस्नेतलाई धन्यवाद दिँदै यस्तो लेखेका हुन् । उनले भनेका छन्- ‘हजुरबुबा के पी ओली र कमरेड महेश बस्नेत लगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघलाई धन्यवाद छ।’

पछिल्लो समय विवादास्पद अभिव्यक्ति र सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिँदै आएका प्रसाईंलाई सोमबार काठमाडौंस्थित एलोप्यागोडा होटलमा केही युवाले कालोमोसो दलेका हुन् ।

सम्बन्धित सामाग्री

दुर्गा प्रसाईंलाई अज्ञात समूहले दले कालोमोसो (भिडियोसहित)

को हुन् दुर्गा प्रसाईंलाई कालोमोसो दल्ने युवा ?

हलभित्र मारवाडी समूदायमाथि हमला, हलबाहिर दुर्गा प्रसाईंमाथि आक्रमण (भिडियोसहित)

 

Share News