को हुन् दुर्गा प्रसाईंलाई कालोमोसो दल्ने युवा ?

  २०८० असोज २२ गते १७:२६     विकासन्युज

काठमाडौं । केही महिनाअघि बैंकरलाई कालोमोसो दल्ने अभियान सुरु गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार आफु नै कालोमोसोको सिकार बने । केही युवाहरुले उनलाई कालोमोसो दल्दै उनीविरुद्दको नारा लगाए ।

सोमबार काठमाडौंको एलोप्यागोडा होटलमा केही युटुबरलाई निमन्त्रणा पठाएर उनले कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा उनले उद्योगी व्यवसायी तथा राजनीतिक दलका नेतृत्वको आलोचना गरे । उनले कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्माको समेत आलोचना गर्न भ्याए ।

पछिल्ल्लो समय विभिन्न व्यक्ति तथा समुदायमाथि अराजक अभिव्यक्ति दिँदै आएका प्रसाईंले सोमबार पनि सोही किसिमको अभिव्यक्ति दिएपछि कार्यक्रममा उपस्थित केही युवाहरु आक्रामक बने र उनीमिाथि कालोमोसो दले ।

हालसम्म उनीहरु को हुन् भन्ने पहिचान हुन नसकेपनि उनीहरूले लगाएको नाराले उनीहरु एमाले निकट विद्यार्थी नेताहरु भएको बुझ्न सकिन्छ । कालोमोसो दल्न होटल परिसरमा पुगेका युवाहरुले एमाले निकट ‘युवा संघ जिन्दावाद’ भन्दै नारा लगाएका थिए ।

उनीहरुले केपी ओली जिन्दावाद, नेकपा एमाले जिन्दावाद, महेश बस्नेत जिन्तावाद, दुर्गा प्रसाईं मुर्दावादको नारा लगाएपछि उनीहरु एमाले निकट विद्यार्थीहरु भएको बुझ्न सकिन्छ ।

दुर्गा प्रसाईंविरुद्दको विरोध कार्यक्रममा सहभागी एक युवाले प्रसाईंले सर्वसाधारणको सेन्टिमेन्ट लिनका लागि राजनीतिक प्रपञ्च गरिरहेको आरोप लगाए । ‘प्रसाईं बैंकको कालोसूचीमा छन्, बैंकको अर्बाैं रुपैयाँ ऋण तिर्न बाँकी छ, अहिले सर्वसाधारणको सेन्मिेन्ट लिन तथानाम गाली गर्दैछन्,’ ती युवाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.