विश्व लगानीकर्ता सप्ताहको अवसरमा आरविवि मर्चेन्ट बैकिङ्गद्वारा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम

<p>काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा आरविवि मर्चेन्ट बैकिङ्गले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम मनाएकोे छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले नियमनकर्ताहरुको अन्तर्राष्ट्रिय संगठनको आव्हानमा असोज १५ देखि २१ गतेसम्म देशभरी विभिन कार्यक्रम आयोजना गरी विश्व लगानीकर्ता सप्ताह–२०२३ मनाएकोे [&hellip;]</p>

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा आरविवि मर्चेन्ट बैकिङ्गले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम मनाएकोे छ ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले नियमनकर्ताहरुको अन्तर्राष्ट्रिय संगठनको आव्हानमा असोज १५ देखि २१ गतेसम्म देशभरी विभिन कार्यक्रम आयोजना गरी विश्व लगानीकर्ता सप्ताह–२०२३ मनाएकोे छ ।

सोही अवसरमा आरविवि मर्चेन्ट बैकिङ्गले आश्विन १९ गते शुक्रबारका दिन श्री विरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवनमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु तथा शिक्षक महानुभावहरु माझ लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल मर्चेञ्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको उक्त कार्यक्रममा श्री राष्ट्रिय बाणिज्य बैंक, भरतपुरका शाखा प्रमुख सविन राज अधिकारी साथै अन्य कर्मचारी, विरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख प्रा.दया राम पौडेल, वित्त संकाय प्रमुख डा.सुदिप वाग्ले तथा अध्ययनरत विद्यार्थीेहरुकोे उलेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको मुख्य वक्ता आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडका प्रबन्धक अजय घिमिरे थिए भने अन्तरक्रिया सत्रलाई लगानी व्यवस्थापनबाट राम नारायण तिवारीले संचालन गरेका थिए । साथै छलफल मा उठेका जिज्ञासा तथा प्रश्नहरुको जवाफ अजय घिमिरेले दिएका थिए ।

‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को अवसरमा आयोजीत यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्नेछ भन्ने विश्वास गरिएको छ ।

Share News