काठमाडौं । फुटबलर बिमल घर्ति मगरले आफ्नो र परिवारको उज्ज्वल भविश्य बनाउन अष्ट्रेलिया गएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले यस्तो बताएका हुन् ।
उनले उमेरको बढेक्रमसँगै जिम्मेवारी थपिँदा देश आफ्नो देश छोड्नु परेको दुखेसो पोखेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘जिन्दगी मा अनेकौ उतारचढाव आउँछन्, उमेरको बढ्दो क्रमसँगै जिम्मेवारी र ब्यवहारिकपन पनि बढ्ने रहेछ, त्यसै क्रममा आफ्नो र परिवार को उज्ज्वल भबिस्य बनाउन को निम्ति आफ्नो प्राण प्यारो देशप्रतिको माया र लगावलाई एकछिन थाति राखेर अष्ट्रेलिया आउने निधो गरें ।’