‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि ४ विकल्प प्रस्ताव

<p>काठमाडौं । कोरोना महामारीका बेला सरकारले निर्माण गरेका ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि ४ विकल्प प्रस्ताव गरिएको छ । सरकारले करोडौँ मूल्यका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन बनेपछि रक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन गरेको थियो । सो अध्ययन समितिले ‘होल्डिङ सेन्टर’ को उपयोगबारे अध्ययन गर्न कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उपसमितिले बनाएको थियो । [&hellip;]</p>

काठमाडौं । कोरोना महामारीका बेला सरकारले निर्माण गरेका ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि ४ विकल्प प्रस्ताव गरिएको छ ।

सरकारले करोडौँ मूल्यका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन बनेपछि रक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन गरेको थियो । सो अध्ययन समितिले ‘होल्डिङ सेन्टर’ को उपयोगबारे अध्ययन गर्न कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उपसमितिले बनाएको थियो ।

उक्त उपसमितिले ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि ४ वटा विकल्प प्रस्ताव गरेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए । उनका अनुसार समितिले ४ वटा विकल्पका रूपमा ‘होल्डिङ सेन्टर’ प्रयोग गर्न सकिने प्रस्ताव मन्त्रालयमा पठाएको छ ।

“एक हजार क्षमताको संरचनाको ३० प्रतिशत विपद्को प्रयोगका लागि र बाँकी लागुऔषध दुव्र्यसनीमा फसेकाका लागि पुनःस्थापन केन्द्र, क्षयरोग उपचार केन्द्र, विशेष सुरक्षा प्रहरीलाई पनि राख्न सकिने सुझाव दिएका छौँ”, सहायक प्रजिअ जोशीले भने, “प्रदेश सरकारले सञ्चालन गर्ने गरी यि चार विकल्प प्रस्ताव गरेका छौँ ।”

सङ्घीय सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा १ हजार शय्या क्षमताको होल्डिङ सेन्टर निर्माण गरेको छ । पछिल्लो सयम यहाँ लागुऔषधको प्रयोग भयावह रहेकाले प्रहरीले सञ्चालन गर्ने गरी सुधारगृहका रूपमा प्रयोग गर्नुपर्ने स्थानीयवासी बताउँछन् ।

हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्दले सबै निकायले मिलेर उपयुक्त प्रयोजनका लागि होल्डिङ सेन्टरको प्रयोग गर्न सकिने बताए ।

“अहिले लागुऔषध दुव्र्यसनी भयावह छ, यसको उपचार केन्द्र राख्दा उपयुक्त हुन्छ”, उनले भने, “अन्य महामारीका बेला राहत, उद्धारका लागि पनि स्कुल प्रयोग गर्नुभन्दा होल्डिङ सेन्टर प्रयोग गर्नु उपयुक्त हुन्छ ।”

सालघारी क्षेत्रमा एक हजार शय्या क्षमताका २० ठूला शय्यासहितका संरचना, ५० शय्या क्षमताका दुई संरचना स्वास्थ्यकर्मीका लागि र २२ वटा शौचालय र १५ भान्सालगायतका संरचना निर्माण भएका छन् ।रासस

Share News