काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै मेमोरिज विथ फादर सेयर द जोय नामक अफर सार्वजनिक गरेको छ।
भदौ २६ देखी भदौ २८ गते सम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफु र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र ह्यास बाबारआमा पनि राखेर पोस्ट गर्नुपर्ने कम्पनीले जनाएको छ ।
सो कमेन्टहरू मध्य सबैभन्दा उत्कृट (रोमान्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र विजेताहरूलाई हुमन फिटको ५००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने छ ।