काठमाडौं । सरकारले आगामी बिहीबार अर्थात भदौ २८ गते देशभर शोक बिदा दिने निर्णय गरेको छ । दिवगंत नेता सुवास नेम्वाङको अन्त्येष्टि आगामी बिहीबार गरिने भएकोले गृह मन्त्रालयले सो दिन नेपालभर शोक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयका अनुसार सो दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने भएको छ । साथै, सो दिन उक्त कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने गृहमन्त्रालयले बताएको छ ।
संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएकोे हो ।