काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। साढे १ बजे अस्पताल पुर्याइएका उनको केही बेरअघि निधन भएको बताइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका नेता अहिले शिक्षण अस्पतालमा छन् ।
पूर्वसभामुख समेत रहेका नेम्वाङ हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।