रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कारबाट चार संस्था सम्मानित हुने

<p>काठमाडौं । रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषबाट यसवर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्था पुरस्कृत हुने भएका छन् । कोषको आज यहाँ सम्पन्न साधारणसभाले यस वर्ष सामाजिक सेवा पुरस्कारबाट विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका चार संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । कोषका अध्यक्ष धु्रव नेपालले कोषको बसेको साधारणसभाले सामाजिक क्षेत्रका सक्रिय रहेका चार [&hellip;]</p>

काठमाडौं । रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषबाट यसवर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्था पुरस्कृत हुने भएका छन् ।

कोषको आज यहाँ सम्पन्न साधारणसभाले यस वर्ष सामाजिक सेवा पुरस्कारबाट विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका चार संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । कोषका अध्यक्ष धु्रव नेपालले कोषको बसेको साधारणसभाले सामाजिक क्षेत्रका सक्रिय रहेका चार संस्थालाई पुरस्कृत गर्ने निर्णय गरिएको बताए ।

उनले पुरस्कृत तथा सम्मानित गरिने प्रतिभाको निष्पक्ष, स्वतन्त्र तथा उद्देश्यमूलक ढङ्गबाट छनोट गर्न पाँच जना संलग्न एक छनोट समिति गठन गरेर छनोट गरिएको बताए । कोषका अध्यक्ष नेपालका अनुसार रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट प्रशान्ति वृद्धाश्रम केन्द्र, वीरेन्द्र नगर नगरपालिका– ३, सुर्खेतलाई दिइने भएको छ । यो पुरस्कारको राशि दुई लाख र सम्मानपत्र रहेको छ । कोषका अनुसार सो संस्थाले वृद्धवृद्धालाई आश्रय, भोजन प्रदान गर्नाका साथै स्वास्थ्य उपचार सेवा दिँंदै आएको छ ।

कोषले रामबाबु–ज्ञानु समाज सेवी पुरस्कारबाट नवजीवन परोपकार समाज, काठमाडौँको तारकेश्वर नगरपालिका–७ अवस्थित संस्थालाई दिने निर्णय गरेको हो । रामबाबु–ज्ञानु समाज सेवी पुरस्कारबाट दृष्टि फाउण्डेशन, नेपाल धनगढी उपमहानगरपालिका–१, कैलालीलाई दिने निर्णय गरिएको छ ।

त्यसैगरी रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार मातृ नेपाल अपाङ्ग सङ्घद्वारा सञ्चालित तारकेश्वर नगरपालिका– ३ सिथत बालगृह ठुलागाउँ लाई दिने निर्णय गरिएको छ । पुरस्कारको राशि जनही एक लाख रहेको छ ।

Share News