आइएफबी ब्राण्डको रेफ्रिजेरेटर नेपाली बजारमा

<p>काठमाडौं । आइएफबी ब्राण्डको रेफ्रिजेरेटर नेपाली बजारमा आएको छ । आइएफबी ब्राण्डको नेपालका लागि आधिकारिक वितरक द साग्तानी एक्जिम प्रालिले अत्याधुनिक रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको हो । उक्त कम्पनीले शुक्रबार र्&#x200d;याडिसन होटलमा विशेष कार्यक्रम आयोजना गरेर नयाँ मोडलका फ्रिजहरु सार्वजनिक गरेको हो । कम्पनीले फ्रोस्ट फ्री र डाइरेक्ट गरी दुई प्रकारका फ्रिजहरु नेपाली बजारमा उपलब्ध [&hellip;]</p>

काठमाडौं । आइएफबी ब्राण्डको रेफ्रिजेरेटर नेपाली बजारमा आएको छ ।

आइएफबी ब्राण्डको नेपालका लागि आधिकारिक वितरक द साग्तानी एक्जिम प्रालिले अत्याधुनिक रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको हो ।

उक्त कम्पनीले शुक्रबार र्‍याडिसन होटलमा विशेष कार्यक्रम आयोजना गरेर नयाँ मोडलका फ्रिजहरु सार्वजनिक गरेको हो ।

कम्पनीले फ्रोस्ट फ्री र डाइरेक्ट गरी दुई प्रकारका फ्रिजहरु नेपाली बजारमा उपलब्ध गराएको बताएको छ ।

यी फ्रिजहरुमा कपर–इन्फ्युज्ड डुअल कन्ट्रोल टेक्नोलोजी, ३६० डिग्री सराउण्ड कुलिङ, सेभेन इन वान कन्भर्टेबल, डोर अलार्म, एप बेस्ड कन्ट्रोल, स्मार्ट लाइट डिओडोराइजर, स्मार्ट कन्ट्रोल प्यानल र एन्टी ब्याक्टेरियल जस्ता अत्याधुनिक सुविधाहरु रहेको कम्पनीले बताएको छ ।

बजारमा उपलब्ध ती फ्रिजको मुल्य ३२ हजार ९ सयबाट सुरु भएर ७२ हजार ९ सयसम्म पर्ने कम्पनीले बताएको छ ।

Share News