काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संचालक समितिको अध्यक्षमा सुमित बाबु खत्री नियुक्त भएका छन् । बिहिबार बसेको संस्थाको संचालक समितीको १४५ औं बैठकबाट खत्री (सिटिजन्स बैंक इन्टरनेसनल प्रतिनिधि) सर्वसम्मत अध्यक्षमा मनोनित भएका हुन् ।
यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्राइम कमर्सियल बैंकका प्रतिनिधि सन्जिब मानन्धर बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए सङ्गै बैंक तथा वित्तीय संस्थाको संचालकमा बस्न पाउदैनन् ।
सोही कारण प्राइम कमर्सियल बैंकले नेपाल भुषण श्रेष्ठलाई प्रतिनिधिको रुपमा बैठकमा पठाएको संस्थाले जनाएको छ । संचालक श्रेष्ठ प्राइम कमर्सियल बैंकका सहायक महाप्रबन्धक हुन् ।