काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालले चुच्चे नक्साको बारेमा चीनलाई कुनै पनि जानकारी नगराएको पाईएको बताएका छन् ।
बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साबारे चीनलाई कुनै पनि जानकारी दिएको रेकर्ड नभेटिएको बताएका हुन् ।
उनले बीस २०७७ जेठ ७ मा जारि भएको नयाँ नक्सा जेठ ३१ गते संसदबाट पारित गरेको भएपनि अहिलेसम्म कुनै जानकारी गराएको प्रमाण नभेटिएको बताए ।
बिहिवारको समितिको बैठकमा प्रभु शाहले चुच्चे नक्शाको जानकारी नगराउनेलाइ दण्ड दिनुपर्ने बताए ।उनले संवेदनशिव वस्तुमा वेवास्ता गर्नेलाई यत्तिकै छोड्दा पछि यस्तै घटना दोहोरिने भन्दै तत्काल कानुनि दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
उनले यश विषयमा परराष्ट्र मन्त्रालयलाइ जिम्मा दिनुभन्दा समितिले नै यसको छानविन गर्नुपर्ने बताए ।
यस्तै समितिका सदस्य शिशिर खनाल, डा.धवल शम्शेर राणा, माधवकुमार नेपाल, वर्षमान पुन लगायतले चुच्चे नक्शाको वारेमा जानकारी नगराएर गम्भीर गल्ति गरिएको बताएका छन्।