कम्पनी दर्ता गर्नेको संख्या पाँच वर्ष यताकै कम, आर्थिक मन्दीको असर

<p>काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्रमा आएको मन्दीको असर प्रत्यक्ष असर उद्योग क्षेत्रमा देखा परेको छ । अर्थतन्त्रमा देखिएको सुस्तताको कारण कम्पनी दर्ता गर्नेहरुको संख्यामा कमी आएका बताइएको छ । कम्पनी रजिष्ट्रार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा कम्पनी दर्ता गर्नेको संख्या उल्लेख्यरुपमा घटेको छ । कार्यालयको तथ्यांक अनुसार [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्रमा आएको मन्दीको असर प्रत्यक्ष असर उद्योग क्षेत्रमा देखा परेको छ । अर्थतन्त्रमा देखिएको सुस्तताको कारण कम्पनी दर्ता गर्नेहरुको संख्यामा कमी आएका बताइएको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा कम्पनी दर्ता गर्नेको संख्या उल्लेख्यरुपमा घटेको छ ।

कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० मा २१ हजार ३७३ कम्पनी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २९ हजार १७ कम्पनी दर्ता भएका थिए । अघिल्लो आव २०७८/७९ को तुलनामा गत आवमा सात हजार ६४४ ले कमी आएको हो ।

कम्पनी रजिष्ट्रार महेश बरालले अर्थतन्त्रमा देखिएको सुस्तताको प्रत्यक्ष असर कम्पनी दर्तामा देखिएको बताए ।

‘विगत ५ वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनी दर्तामा कमी आएको हो, हामीले आर्थिक सुस्तताकै कारण कम्पनी दर्तामा कमी आएको अनुमान गरेका हौँ’, उनले भने ।

कम्पनीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा २६ हजार ५०५, आर्थिक वर्ष २०७६/०७७ मा १८ हजार ६३८, आर्थिक वर्ष २०७५/०७६ मा २५ हजार ५०० र आर्थिक वर्ष २०७४/०७५ मा २२ हजार ३३० वटा नयाँ कम्पनी दर्ता भएका थिए ।

पछिल्लो समय देशमा सञ्चालित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुनै सकेका छैनन् ।

अर्थतन्त्रमा देखिएको सुस्तताकै कारण उद्योगहरु कुल क्षमताको आधा क्षमतामा मात्रै सञ्चालन भइरहेको उद्योगीहरुले बताएका छन् ।

Share News