राष्ट्रिय भलिबल खेलाडीको मासिक तलब ५ हजार रुपैयाँ

<p>काठमाडौं । नेपाल भलिबल सङ्घले नेपाली राष्ट्रिय टोलीमा समावेश पुरुष तथा महिला भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब दिने घोषणा गरेको छ । वर्तमान राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष खेलाडीलाई मासिक ५ हजार रुपैयाँका दरले तलब प्रदान गर्ने सङ्घले जनाएको छ । राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष [&hellip;]</p>

काठमाडौं । नेपाल भलिबल सङ्घले नेपाली राष्ट्रिय टोलीमा समावेश पुरुष तथा महिला भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब दिने घोषणा गरेको छ ।

वर्तमान राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष खेलाडीलाई मासिक ५ हजार रुपैयाँका दरले तलब प्रदान गर्ने सङ्घले जनाएको छ ।

राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष खेलाडीलाई मंगलबार नै ३ महिनाको तलब प्रदान गरिएको थियो ।

अमेरिकामा रहेका पूर्वराष्ट्रिय खेलाडी राम श्रेष्ठको नेतृत्वमा राष्ट्रिय खेलाडी र बिजनेश इन्टरप्रेनियरको सहयोगमा मासिक तलब दिइने भएको हो ।

पहिलो पटक तलब पाएपछि कप्तान अरुणा शाहीले यस किसिमको तलबले खेलाडीको हौसला बढाउने विश्वास व्यक्त गरे । महिला टोलीमा कप्तान अरुणासहित सरस्वती चौधरी, कामना विष्ट, कविता भट्ट, जानकी भण्डारी, सङ्गम महतो, निरुता ठगुन्ना, प्रतिभा माली, सलिना श्रेष्ठ, सफिया पुन, पुनम चन्द र उषा भण्डारी छन् ।

त्यस्तै राष्ट्रिय पुरुष टोलीका कप्तान मानबहादुर श्रेष्ठले आफू कप्तान हुँदा मासिक तलब सुरुआत भएकोमा खुसी व्यक्त गरे । नेपाली टोलीमा श्रेष्ठ कप्तानसहित रविन चन्द, विशाल विक, दुर्गाबहादुर खड्का, सफल विक, मनिष मानन्धर, टेकराज अवस्थी, धीरजकाजी बस्नेत, हेमन्त मल्ल, लोकेन्द्र गिरी, सम्राट भण्डारी र विनोद चन्द छन् ।

Share News