वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

<p>काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार आइतबार राती २ बजे हाम फालेर मृत्यु भएको हो । ती पुरुष अन्दाजी ४० वर्षका रहेको उनले बताए । उनका अनुसार मान्छेको परिचय भने खुलेको छैन । अहिले लाश बेवारिसे अवस्थामा रहेको उनको भनाइ छ [&hellip;]</p>

काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार आइतबार राती २ बजे हाम फालेर मृत्यु भएको हो ।

ती पुरुष अन्दाजी ४० वर्षका रहेको उनले बताए । उनका अनुसार मान्छेको परिचय भने खुलेको छैन । अहिले लाश बेवारिसे अवस्थामा रहेको उनको भनाइ छ ।

‘हिजो राति २ बजे अस्पतालको छतबाट हाम फालेको हो, अस्पतालमा आएर सिधैं हाम फाले, उनी बिरामी होइनन्,’ सूचना अधिकारी मिश्रले भने, ‘कुन ठाउँको मान्छे, को मान्छे हो भनेर थाहा नै छैन, अहिले उनको लाश टिचिङ अस्पतालमा राखिएको छ ।’

Share News