सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित, नयाँ कार्यसमितिमा को-को आए ?

<p>काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । सेजनको शनिबार सम्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष ओलीले ९९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी सिरोमनि ढुंगानाले ९६ मत ल्याएका छन् । सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित भए । निर्वाचित बन्जराले [&hellip;]</p>

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । सेजनको शनिबार सम्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

अध्यक्ष ओलीले ९९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी सिरोमनि ढुंगानाले ९६ मत ल्याएका छन् । सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित भए । निर्वाचित बन्जराले १३५ मत ल्याए भने उनका प्रतिद्वन्दी भागवत भट्टराईले ११५ मत ल्याए ।

सेजनको महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । सचिवमा सोभित थपलियाले १०६ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्वन्दी मुना कुवँरले ७९ मत ल्याइन् । यस्तै, कोषाध्यक्षमा अच्युत पुरी १६० मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्वन्दी कमला अर्यालले ८५ मत ल्याइन् ।

सदस्यहरुमा केशु लामिछाने, हेमराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा निर्वाचित भएका छन् ।

निर्वाचनमा कुल २७१ मतमध्ये २५२ मत खसेको थियो ।

Share News