वायुसेवा कम्पनीका लगानीकर्ता र सञ्चालकलाई बोल्न रोक !

<p>काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायु सेवा कम्पनीहरुका लागि कडाइ गरेको छ । क्यानले वायुसेवा सञ्चालन कार्यविधि संशोधन गर्दै अध्यक्ष, सेयर लगानीकर्ता तथा कार्यकारी निर्देशकलाई प्राधिकरण तथा सरकारको नीति विपरित बोल्न रोक लगाएको हो । ‘वायुसेवा कम्पनीका अध्यक्ष, शेयर लगानीकर्ता, कार्यकारी निर्देशक, तथा पोष्ट होल्डरहरुले प्राधिकरण तथा नेपाल सरकारका नीति तथा कार्यहरु विपरितका [&hellip;]</p>

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायु सेवा कम्पनीहरुका लागि कडाइ गरेको छ । क्यानले वायुसेवा सञ्चालन कार्यविधि संशोधन गर्दै अध्यक्ष, सेयर लगानीकर्ता तथा कार्यकारी निर्देशकलाई प्राधिकरण तथा सरकारको नीति विपरित बोल्न रोक लगाएको हो ।

‘वायुसेवा कम्पनीका अध्यक्ष, शेयर लगानीकर्ता, कार्यकारी निर्देशक, तथा पोष्ट होल्डरहरुले प्राधिकरण तथा नेपाल सरकारका नीति तथा कार्यहरु विपरितका क्रियाकलाप संचालन गर्न एवं सो सम्बन्धमा आफ्ना धारणाहरु सार्वजनिक रुपमा व्यक्त गर्न नहुने व्यवस्था गरेको हो ।

यस्तै, वायुसेवा कम्पनीका अध्यक्ष, शेयर लगानीकर्ता, कार्यकारी निर्देशक तथा अकाउन्टेवल म्यानेजरले प्राधिकरणद्वारा प्रदान गरिएको सीपीएल, एटीपीएल, र एएमएल लाइसेन्स प्राप्त गरेको भए सो को अभ्यास व्यवसायिक उडान वा मर्मतसम्भार गतिविधिमा गर्न नपाउने व्यवस्था पनि गरेको छ ।

Share News