आजदेखि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका, कतिले लिए पास ?

<p>काठमाडौं । चीनसँगको उत्तरी सीमानाका तातोपानी नाका शुक्रबारदेखि स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाएका छन् । लामो समयदेखि आवतजावत बन्द भएको नाकाबाट स्थानीयले आवतजावत गर्न पाएका हुन् । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । “नेपालतर्फबाट [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । चीनसँगको उत्तरी सीमानाका तातोपानी नाका शुक्रबारदेखि स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाएका छन् । लामो समयदेखि आवतजावत बन्द भएको नाकाबाट स्थानीयले आवतजावत गर्न पाएका हुन् ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ”, उनले भने ।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए । उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।

प्रशासन कार्यलयका अनुसार बिहीबारसम्म सिन्धुपाल्चोकका २ सय ३ जना स्थानीयलाई पास वितरण भइसकेको छ । सुरुवाती चरणमा स्थानीयका लागि पास वितरण गरिएकोमा क्रमश नेपाली नागरिकका लागि खुला गरिने जनाईएको छ ।

२०७२ को भूकम्पपछि तातोपानी नाका चार वर्ष पूर्ण रूपमा नै बन्द भएको थियो । नाका २०७६ जेठ १६ मा पुनः सञ्चालनमा आयो तर एकतर्फी मात्रै खुलेको थियो ।

Share News