नेपालगञ्ज वाणिज्य सङ्घको अध्यक्षमा धामी निर्वाचित

<p>काठमाडौं । नेपालगञ्ज ३ भदौ स् नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा टङ्क धामी निर्वाचित भएका छन् । उद्योगी धामीले अर्का उद्योगी ललित रौनियारलाई ८९० मतको अन्तरले पराजित गरेका हुन् । धामीले २ हजार ४५६ मत ल्याउँदा रौनियारले १ हजार ५६६ मत प्राप्त गरेको वाणिज्य सङ्घका निर्वाचन अधिकृत माधव शर्माले जानकारी दिए । १० जना सदस्यमा [&hellip;]</p>

काठमाडौं । नेपालगञ्ज ३ भदौ स् नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा टङ्क धामी निर्वाचित भएका छन् । उद्योगी धामीले अर्का उद्योगी ललित रौनियारलाई ८९० मतको अन्तरले पराजित गरेका हुन् ।

धामीले २ हजार ४५६ मत ल्याउँदा रौनियारले १ हजार ५६६ मत प्राप्त गरेको वाणिज्य सङ्घका निर्वाचन अधिकृत माधव शर्माले जानकारी दिए । १० जना सदस्यमा एउटा प्यानलबाट ७ जना र अर्को प्यानलबाट ३ जना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

४ हजार ९३३ मतदाता रहेको सङ्घमा ४ हजार १३२ मत खसेको बताइएको छ ।

Share News