काठमाडौं–तराई द्रुतमार्गको डिपीआर संशोधनः लागत र समय घट्यो, सुरुङ थपियो

<p>काठमाडौं । काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन भएको छ । लागत समय र मुल्य घटनेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन गरेको हो । ‘करिव २ अर्ब २ करोड लागत मुल्य र निर्माणको समयपनि घट्नेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन भएको छ । लागत समय र मुल्य घटनेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन गरेको हो ।

‘करिव २ अर्ब २ करोड लागत मुल्य र निर्माणको समयपनि घट्नेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको छ’ मन्त्री ज्वालाले भने, ‘सुरुङ मार्ग थपिदा सडकको लम्वाई घट्यो र मुल्य दुवै घट्यो ।’

काठमाडौं–मधेश लाइफ लाइनका रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको ब्यवस्थापनमा निर्माण कार्य भइरहेको छ । २०७४ साल बैशाख २१ देखि निर्माण कार्य शुरु गरिएको काठमाडौं तराई मधेश द्रुत मार्ग हालसम्म २५.५४ प्रतिशत मात्र प्रगति भएको छ ।

२०८३ साल चैत्र मसान्तसम्म सक्ने लक्ष्य लिइएको द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टी जनाउँदै आएका छन् । ‘द्रुतमार्गको काम द्रुत गतिमा हुनुपर्ने हो तर प्रगति हेर्दा आशावादी छैन’ नेपाली सेनाका अधिकारीहरुसँग मन्त्री ज्वालाको भनाई थियो ।

डिपीआर संशोधन भएपनि लागत मुल्य पनि घट्ने भएको छ । २ खर्व १३ अर्ब ९ करोड ५३ लाख रुपैयाँको लागत रहेकोमा संशोधनपछि २ खर्व ११ अर्ब ९ करोड ३० लाख रुपैयाँ आयोजनाको लागत रहने भएको छ । केही सुरुङ, केही ग्यालरी सुरुङ बन्ने भएका छन् ।

Share News