सञ्चालनमा आउँदै दुई करोड लगानीमा बनेको चम्पादेवी पार्क

<p>काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडीए) अन्तर्गतको जिल्ला आयुक्तको कार्यालय काठमाडौंले चम्पादेवी पार्क निर्माणको काम अन्तिम चरणमा पुर्&#x200d;याएकाे छ । आयुक्त कार्यालयले सो पार्क भदौबाट सञ्चालनमा ल्याउन लागेको छ । चम्पादेवी पार्क कीर्तिपुर नगरपालिका–४ मा निर्माण भइरहेको छ । चम्पादेवी पार्कको काम हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भएको जिल्ला आयुक्त कार्यालय काठमाडौंका इन्जिनियर सूर्य [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडीए) अन्तर्गतको जिल्ला आयुक्तको कार्यालय काठमाडौंले चम्पादेवी पार्क निर्माणको काम अन्तिम चरणमा पुर्‍याएकाे छ ।

आयुक्त कार्यालयले सो पार्क भदौबाट सञ्चालनमा ल्याउन लागेको छ । चम्पादेवी पार्क कीर्तिपुर नगरपालिका–४ मा निर्माण भइरहेको छ ।

चम्पादेवी पार्कको काम हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भएको जिल्ला आयुक्त कार्यालय काठमाडौंका इन्जिनियर सूर्य परियारले जानकारी दिए । बाँकी १५ प्रतिशत काम भदौसम्म सक्ने तयारी रहेको उनले बताए ।

पार्क निर्माणको लागि २०७९ असार १५ मा सिद्धबाबा–अम्बुजा–द सुप्रिम जेभिलाई जिम्मा दिएको थियो । पार्क निर्माणका लागि दुई करोड १३ लाख ५० हजार रुपैयाँ लगानी भएको छ ।

पार्क निर्माणको योजना वडा कार्यालयले बनाएको थियो । ‘वडा कार्यालयले रमनिया पार्क भनेर डीपीआर गरेको थियो, र पछि केभीडीएको कार्यक्रममा चम्पादेवी पार्क भेर समेटियो, डीपीआरमा समावेश भएका कतिपय विषयहरु हटाएर पार्क निर्माण गरेका छौं,’ परियाले भने । डिपिआरमा समावेश भएका सबै पूर्वाधार तयार गर्न बजेट नपुग्ने भएकाले कतिपय काम हटाउनुपरेको उनले बताए ।

चम्पादेवी पार्कको काम २०८० सालको वैशाखभित्रै सक्नु पर्ने सम्झौता थियो । समयमा आयोजना नसकिएपछि म्याद थपेर भदौसम्मको समय दिइएको छ ।

पार्कमा आउटडोर जिम, रुख रोप्ने काम लगायत फिनिसिङ हुन बाँकी छ । ती काम ठेक्का सम्झौता अवधिभित्रै सम्पन्न हुने उनले बताए ।

Share News