नागढुंगा–नौबिसे सुरूङको रेस्क्यू टनेल सोमबार ब्रेक–थ्रू हुने, मुख्य टनेलको काम १८ प्रतिशत बाँकी

<p>काठमाडौं । नागढुंगा– नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको सोमबार ब्रेक–थ्रू हुने भएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिने भएको छ । आइतबार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यू टनेलको काम बाँकि रहेको छ । सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको [&hellip;]</p>

काठमाडौं । नागढुंगा– नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको सोमबार ब्रेक–थ्रू हुने भएको छ ।

२०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिने भएको छ । आइतबार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यू टनेलको काम बाँकि रहेको छ ।

सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ब्रेक–थ्रू हुने सडक विभाग बैदेशिक महाशाखाका प्रमुख बिजय जैसीले बताए ।

‘साउन २२ गते दिउँसो रेस्क्यू टनेल ब्रेक–थ्रू हुँदैछ’ जैसीले भने ।

२.५ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलसँग मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको काम अब ५ सय ६ मिटर मात्र बाँकी छ ।

Share News