
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।
शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम नपुग्दा बस्न नसकेको हो ।
२६ सदस्यीय समितिमा बैठक बस्नको लागि १४ सांसदको उपस्थिति आवश्यक पर्छ ।
तर, शुक्रबार साढे ११ बजेका लािग बोलाइएको बैठकमा कोरम पुग्ने गरी सांसदहरु उपस्थित नभएपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।