आँखुखोला जलविद्युतको नाफासँगै ईपीएस पनि ऋणात्मक

<p>काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा ४४ लाख ६१ हजार रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा ऋणात्मक भएको हो । साथै, कम्पनीको कर्मचारी खर्च र आयोजनाको टर्बाइन मर्मत लगायतका [&hellip;]</p>

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा ४४ लाख ६१ हजार रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा ऋणात्मक भएको हो । साथै, कम्पनीको कर्मचारी खर्च र आयोजनाको टर्बाइन मर्मत लगायतका कारण कम्पनीको खर्च बढेको हुँदा नाफामा असर परेको कम्पनीले जनाएको छ

गत असार मसान्तसम्म कम्पनीको विद्युत बिक्री आम्दानी १३.८० प्रतिशत घटेर १९ करोड २२ लाख १६ हनार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड २९ लाख ८२ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।

कम्पनीको नाफा ऋणात्मक भएसँगै प्रतिसेयर आम्दानी पनि ५६ पैसा ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ६९ रुपैयाँ ६१ पैसा रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ र अन्य इक्विटी २४ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

Share News