भारतले विद्युत किन्ने सुनिश्चितता गरेपछि नेपालमा ठूला आयाेजनाकाे महत्व बढ्याे : अध्यक्ष सिंह

<p>काठमाडौं । भारतले नेपालकाे  विद्युत खरिद गर्ने सुनिश्चितता गरेपछि नेपालमा ठूला जलविद्युत आयाेजनाकाे महत्व बढेकाे विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले बताएका छन् । तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद बिक्री दर निर्धारण गर्न साेमबार आयाेजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै सिंहले यस्ताे बताएका हुन् । भारतले १० वर्षमा १० हजार मेगावाट जलविद्युत [&hellip;]</p>

काठमाडौं । भारतले नेपालकाे  विद्युत खरिद गर्ने सुनिश्चितता गरेपछि नेपालमा ठूला जलविद्युत आयाेजनाकाे महत्व बढेकाे विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले बताएका छन् ।

तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद बिक्री दर निर्धारण गर्न साेमबार आयाेजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै सिंहले यस्ताे बताएका हुन् ।

भारतले १० वर्षमा १० हजार मेगावाट जलविद्युत खरिद गर्ने भएसँगै ऊर्जाको महत्त्व नेपालमा बढ्न थालेको सिंहले बताए । ‘जलविद्युतका आयोजना निर्माणमा तीव्रता दिनुपर्छ । जलविद्युत विकास नेपालको हितमा हुने छ । नेपालको स्रोत खेर गइरहेको छ । यसको सदुपयोग गर्न सकियो भने त्यसका फाइदा आम नेपालीलाई पुग्ने छ,’ उनले भने ।

ठूला आयोजना निर्माण गर्दा लागत कम लाग्नु पर्ने मान्यता भए पनि त्यस्तो नभएको पनि सिंहले बताए । १०० मेगावाट भन्दा बढीका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री दरको निर्धारण गर्न र पीपीएमा सहमति दिन विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको छ ।

Share News