सुख्खा पहिरोले रोकिएको नारायणगढ-मुग्लिङ सडकखण्ड सुचारु

<p>काठमाडौं । पहिरोको कारणले अवरुद्ध भएको नारायणगढ-मुग्लिङ सडकखण्ड सुचारु भएको छ । बिहीबार दिउँसो साढे १२ बजेदेखि बन्द भएको उक्त सडक खण्ड शुक्रबार साँझदेखि खुलेको हो । इच्छाकामना गाउँपालिका(६ मुग्लिन(नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै माथिबाट सुख्खा पहिरो खसेसँगै उक्त सडकखण्ड दुबै तर्फबाट अवरुद्ध भएको थियो । उक्त पहिरो पन्छाई शुक्रबार अपरान्ह करिब साढे ५ [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । पहिरोको कारणले अवरुद्ध भएको नारायणगढ-मुग्लिङ सडकखण्ड सुचारु भएको छ । बिहीबार दिउँसो साढे १२ बजेदेखि बन्द भएको उक्त सडक खण्ड शुक्रबार साँझदेखि खुलेको हो ।

इच्छाकामना गाउँपालिका(६ मुग्लिन(नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै माथिबाट सुख्खा पहिरो खसेसँगै उक्त सडकखण्ड दुबै तर्फबाट अवरुद्ध भएको थियो । उक्त पहिरो पन्छाई शुक्रबार अपरान्ह करिब साढे ५ बजेबाट दुईतर्फी बाटो सुचारु गरिएको नेपाल प्रहरीले जानकारी गराएको छ ।

Share News