शिवम् सिमेन्टका कार्यकारी निर्देशक अवार्डबाट सम्मानित

<p>काठमाडौं । सिवम् सिमेन्ट लिमिटेडका कार्यकारी निर्देशक रघुनन्दन मारु इन्टरनेशनल अवार्डबाट सम्मानित भएका छन् । असार ९ गते दुबईमा भएको इन्टरनेशनल एचिभर कन्फ्रेन्स (आइएसी)द्वारा आयोजित कार्यक्रममा उनी आउटस्टान्डिङ इन्टरनेशनल लिडरसिप एचिभर्स अवार्ड–२०२३ बाट सम्मानित भएका हुन् । मारु शिवम् सिमेन्टको स्थापना काल देखिनै निर्देशकको रुपमा कार्यरत रहँदै आएका छन् । उनी विगत लामो समय देखि [&hellip;]</p>

काठमाडौं । सिवम् सिमेन्ट लिमिटेडका कार्यकारी निर्देशक रघुनन्दन मारु इन्टरनेशनल अवार्डबाट सम्मानित भएका छन् । असार ९ गते दुबईमा भएको इन्टरनेशनल एचिभर कन्फ्रेन्स (आइएसी)द्वारा आयोजित कार्यक्रममा उनी आउटस्टान्डिङ इन्टरनेशनल लिडरसिप एचिभर्स अवार्ड–२०२३ बाट सम्मानित भएका हुन् ।

मारु शिवम् सिमेन्टको स्थापना काल देखिनै निर्देशकको रुपमा कार्यरत रहँदै आएका छन् । उनी विगत लामो समय देखि निरन्तर व्यावसायी क्षेत्रमा सकृय रुपमा लागी रहेका तथा कुशल नेत्तृत्वका साथ संस्था संचालनमा अब्बल ब्यक्तित्वको रुपमा पहिचान बनाएका छन् ।

आइएसीले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ र यस वर्ष दुवईमा १६औं अवार्ड कार्यक्रम आयोजना गरेको थियो । आइएसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साह गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने, विभिन्न राष्ट्रका महत्वपूर्ण योगदान पुर्याएका उत्कृष्ट उद्योगीहरुको छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आईरहेको छ । उक्त कार्यक्रममा राष्ट्रिय स्तरका नेताहरु, सेलिब्रेटी एम्बास्डरहरु, विभिन्न राष्ट्रका उच्च पदाधिकारी लगायत २०० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

आइएसीले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रिका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने उद्योगहरुको छनौट गरी उद्योगको समग्र क्षेत्रको मुल्याङकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पु¥याएको उत्कृष्ट योगदान आधार छनौट गरी अवार्ड दिने गर्दछ ।

Share News