नाफामा नबिल र ग्लोबलबीच प्रतिस्पर्धा, एक महिनामा साढे ८ अर्बले बढ्यो २१ बैंकको नाफा

<p>कामठमाडौं । चालू आर्थिक वर्षको बैशाखसम्ममा वाणिज्य बैंकहरुले कुल ५७ अर्ब १७ करोड २० लाख रुपैयाँ नाफा गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैशाखसम्म सो नाफा गरेका हुन् । गत चैतसम्म ४८ अर्ब ७० करोड नाफा गरेका बैंकहरुले बैशाखमा८ अर्ब ४७ करोडले नाफा बढाएका हुन् । यो अवधिसम्म सबैभन्दा बढी नाफा नबिल [&hellip;]</p>

कामठमाडौं । चालू आर्थिक वर्षको बैशाखसम्ममा वाणिज्य बैंकहरुले कुल ५७ अर्ब १७ करोड २० लाख रुपैयाँ नाफा गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैशाखसम्म सो नाफा गरेका हुन् । गत चैतसम्म ४८ अर्ब ७० करोड नाफा गरेका बैंकहरुले बैशाखमा८ अर्ब ४७ करोडले नाफा बढाएका हुन् ।

यो अवधिसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । बैशाखसम्म नबिल बैंकले कुल ६ अर्ब १२ करोड, ग्लोबल आइएमईले ५ अर्ब ३४ करोड, एनआइसी एशिया बैंकले ४ अर्ब ३९ करोड र राष्ट्रिय वाणिज्य बैंकले पनि ४ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ८९ करोड रुपैयाँ नाफा गरेको छ भने आठ वटा वाणिज्य बैंकले २ अर्बको हाराहारीमा नाफा गरेका छन् । आठ वटा वटा वाणिज्य बैंकले १ अर्ब बढी नाफा गरेका छन् । 

 

Share News