काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब विद्युतमा लगानी आवश्यक रहेको बताएका छन् । आइतबार प्राधिकरणमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अब जलविद्युत क्षेत्रमा झन बढी लगानीको आवश्यक रहेको बताएका हुन् । उनले जलविद्युत क्षेत्रमा लगानीकागर्नका लागि विदेशी र स्वदेशी लगानीकर्तालाई आग्रह गरे ।
उनले बिजुली बिक्री गर्नु हुँदैन भनेर राष्ट्रघाती अभिव्यक्ती नदिन पनि आग्रह गरेका छन् । उनले पछिल्लो समय बिजुली निर्यात गर्नु हुँदैन भनेर केहीले गलत अभिव्यक्ति दिएको बताउँदै त्यस्तो राष्ट्रघाती अभिव्यक्ति नदिन आग्रह गरेका हुन् ।
‘केही विज्ञसाथीहरुले निर्यात गर्नु हुँदैन, बिजुली बिक्री गर्नु हुँदैन भनेर अभिव्यक्ती दिएको, सामाजिक सञ्जालमा लेखेको देखेको छु, यस्तो गलत अभिव्यक्ति दिनु हुँदैन, यो पनि एक किसिमको राष्ट्रघात हो,’ उनले भने ।
यस्तै, उनले यस्तो गलत काम नगरेर सहयोग गर्न आग्रह गरेका छन् । ‘हामीलाई बिद्युत कम भयो भने पुनः अर्को समस्या हुनेवाला छ, कार्यान्वयन तहमा सबैको अनरसिप चाहिन्छ, कहीँ पनि सहयोग नगर्ने अनि ट्रान्समिटर बनाएन भनेर हुँदैन, यो राज्यको दायित्व हो, वन, गृह, भूमी सुधार मन्त्रालयले पनि सहयोग गर्नु पर्छ, विद्युत प्राधिकरणलाई दोष लगाउनु हुँदैन,’ उनले भने ।
यस्तै, उनले सिष्टमका कारण मध्य र पश्चिम नेपालमा धेरै जिल्लामा विद्युत अवरोध भएको बताएका छन् । उनले नेपालको माग पूरा गरेर नै निर्यात भएको पनि बताएका छन् । तराईका अधिकांश जिल्लामा अहिले एकदमै माग धेरे आएको छ, यो हाम्रा लागि राम्रो हो, तर माग धेरै हुदा २ सय किलोवाड क्षमताका ट्रान्सफरमले नधान्ने अबस्था छ,’ उनले भने ।
उनले पछिल्लो समय २ हजार किलोवाट क्षमताको विद्युत आयोजनाले दिन थालेको भन्दै विस्तारै बढ्दै जाने बताए ।