भारतमा नेपाली सिमेन्टको माग बढ्दो, उत्पादकले पठाउनै सकेनन्

<p>काठमाडौं । भारतमा नेपाली समेन्टको माग बढ्दै गएको छ । नेपाल सिमेन्टमा आत्मनिर्भर भएसँगै भारतीय व्यवसायीहरुहरुले नेपाली सिमेन्टको माग गर्न थालेका हुन् । उद्योगी व्यवसायीहरु भारतमा नेपाली सिमेन्टको माग बढ्न थालेका बताउँछन् । तथ्यांकले पनि माग बढेको देखिन्छ । गत असारमा पाल्पा सिमेन्ट उद्योगले पहिलो पटक नेपाली सिमेन्ट भारत निर्यात गरेसँगै निर्यातको बाटो खुलेको थियो [&hellip;]</p>

काठमाडौं । भारतमा नेपाली समेन्टको माग बढ्दै गएको छ । नेपाल सिमेन्टमा आत्मनिर्भर भएसँगै भारतीय व्यवसायीहरुहरुले नेपाली सिमेन्टको माग गर्न थालेका हुन् । उद्योगी व्यवसायीहरु भारतमा नेपाली सिमेन्टको माग बढ्न थालेका बताउँछन् । तथ्यांकले पनि माग बढेको देखिन्छ ।

गत असारमा पाल्पा सिमेन्ट उद्योगले पहिलो पटक नेपाली सिमेन्ट भारत निर्यात गरेसँगै निर्यातको बाटो खुलेको थियो । भारत सरकारबाट निर्यातका लागि अनुमति माग गरेका व्यवसायीहरुले त्यसपछि नियमित रुपमा सिमेन्ट निर्यात गरिरहेका छन् ।

सिमेन्ट उत्पादक संघका महासचिव केशव उप्रेतीले भारतमा नेपाली सिमन्टको माग राम्रै भइरहेको बताए । उनका अनुसार भारतमा राम्रो माग भएपनि नेपाली उद्योगहरुले भने खासै निर्यात गर्न सकेका छैनन् ।

चालू आर्थिक वर्षका १० महिनामा ५५ करोड बढीको नेपाली सिमेन्ट निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि बैशाखमसान्तसम्मको तथ्यांक अनुसार नेपालले ५५ करोड ४४ लाख २५ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो ।

१० महिनाको अबधिमा ३० करोड २४ लाख ९३ हजार बराबरको क्लिंकर र २५ करोड १९ लाख ३२ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको हो । विभागको तथ्यांक अनुसार उक्त अबधिमा तीन लाख ७९ हजार क्लिंकर र ४ लाख १० हजार ७०३ टन सिमेन्ट निर्यात भएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै नेपाली दुई सिमेन्ट उद्योगले नेपाली ब्राण्डका सिमेन्ट भारतमा गर्दै आएका छन् । २०७९ को असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड र असोज ३१ गतेदेखि अर्घखाँची ब्राण्डको सिमेन्ट भारत निर्यात सुरु भएको हो ।

नियमित निर्यात

पाल्पा र अर्घखाँची सिमेन्टरले भारतका विभिन्न सहरमा नेपाली सिमेन्ट निर्यात भैरहेको बताएका छन् । दशै, तिहार तथा निर्वाचनका क्रममा निर्यातमा केही सुस्तता आएपनि पछिल्लो समय नियमित रुपमा निर्यात भैरहेको बताइएको छ ।

सरकारले सिमेन्ट, स्टील लगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक दश करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । सरकारले निर्यातमा छुटको घोषणा गरेसँगै हौसियर नेपाली सिमेन्ट उद्योगीहरुले निर्यात सुरु गरेका हुन् ।

सिमेन्ट उत्पादक संघले भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाईमा धेरै सिमेन्ट उद्योग रहेको संघले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणीत प्रमाणपत्र लिनुपर्नेछ ।

सिमेन्ट उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ ।

बालाजी सिमेन्ट इन्डस्ट्रिजले पनि नेपाली सिमेन्ट भारत निर्यात सुरु गरेको छ । कपिलवस्तुको चन्द्रौटामा उद्योग रहेको कम्पनीले जेठ २९ गतेदेखि बाहुबली तथा श्रृष्टी ब्राण्डका पीपीसी सिमेन्ट भारत निर्यात सुरु गरेका हो ।

भारत सरकार गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस) प्रदान गरेपछि निर्यात थालिएको उद्योगका संस्थापक ऋषिकेश अग्रवालले जानकारी दिए । उनले भारतमा नेपाली सिमेन्टको माग बढेपछि निर्यात सुरु गरेको र अब संख्या पनि बढाउने बताएका छन् ।

उनका अनुसार पहिलो चरणमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई ४२ टन सिमेन्ट पठाईएको हो । १ हजार ६ सय टन दैनिक उत्पादन क्षमता रहेको उद्योगले बाहुबली र श्रृष्टी ब्राण्डका ओपीसी ४३ ग्रेड र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

Share News