सिभिल लघुवित्तद्धारा पिडितको ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी

<p>काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था शाखा कार्यालय विरुवागुठी, पर्साले बिमा दावी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला बिरगंज महानगरपालिका रहेको केन्द्र नं. ३३ कि सदस्य श्रीमति लालकुमारी देवीको मृत्यू पश्चात निज सदस्यको श्रीमान् अर्जुन हजरा दुसादलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध  गराईएको हो । सदस्य श्रीमति लालकुमारी देवीले संस्थाबाट २ लाख ५० हजार रुपैयाँ [&hellip;]</p>

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था शाखा कार्यालय विरुवागुठी, पर्साले बिमा दावी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला बिरगंज महानगरपालिका रहेको केन्द्र नं. ३३ कि सदस्य श्रीमति लालकुमारी देवीको मृत्यू पश्चात निज सदस्यको श्रीमान् अर्जुन हजरा दुसादलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध  गराईएको हो ।

सदस्य श्रीमति लालकुमारी देवीले संस्थाबाट २ लाख ५० हजार रुपैयाँ कर्जा लिएकोमा सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरेकाे छ ।  कर्जा बिमा अन्तर्गत सदस्यको मृत्यू पश्चात दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम २ लाख रुपैयाँ समेत फिर्ता गरी जम्मा रकम २ लाख २५ हजार रुपैयाँ निज सदस्यको श्रीमान अर्जुन हजरा दुसादलाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताए ।

Share News