
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सरकारले उद्योग विकासको अवधारणा ल्याउन आवश्यक रहेको बताएका छन् । नेपाल मैदा उद्योग संघको २३औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सो बताएका हुन् ।
भारतले दिएको तीन लाख टन गहुँ आयात गर्न दिएकाले मैदा उद्योगको सञ्चालनमा सहजिकरण हुने अध्यक्ष अग्रवालले बताएका छन् । बजेटमा सरकारले निजी क्षेत्रको धेरैकुरा सम्बोधन गरेको भएपनि कच्चापदार्थहरुको सम्बोधन नभएको बताए ।
अति आवश्यक वस्तुमा १३ प्रतिशत कर लगाउँदा मैदा उद्योगलाई भार बनाएको उनको भनाइ छ । नेपालमा ८ लाख टन गहुँ आयात गर्नुपर्ने अवस्था रहेको भन्दै उनले गहुँको उत्पादन बढाउन सम्बन्धित पक्षको ध्यान जान आवश्यक रहेको समेत बताए ।