असार ४ भित्र आयोजनाको म्याद नथपे काम ठप्प गर्ने निर्माण व्यवसायीको चेतावनी

<p>काठमाडौं । सरकारले असार ४ गतेभित्रमा सबै आयोजनाहरूको म्याद नथपे निर्माण व्यवसायीहरूले आयोजना ठप्प गर्ने चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पत्रकार सम्मेलन यस्तो चेतावनी दिएको हो । महासंघका अध्यक्ष रवि सिंहले २०८० असार ४ भित्रमा सबै आयोजनाहरूको म्याद थपको निर्णय नभएमा सम्पूर्ण आयोजनाहरू ठप्प गरी निर्माण व्यवसायीहरू आफ्ना सबै इजाजत पत्रहरू राज्यलाई बुझाएर आन्दोलनमा [&hellip;]</p>

काठमाडौं । सरकारले असार ४ गतेभित्रमा सबै आयोजनाहरूको म्याद नथपे निर्माण व्यवसायीहरूले आयोजना ठप्प गर्ने चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पत्रकार सम्मेलन यस्तो चेतावनी दिएको हो ।

महासंघका अध्यक्ष रवि सिंहले २०८० असार ४ भित्रमा सबै आयोजनाहरूको म्याद थपको निर्णय नभएमा सम्पूर्ण आयोजनाहरू ठप्प गरी निर्माण व्यवसायीहरू आफ्ना सबै इजाजत पत्रहरू राज्यलाई बुझाएर आन्दोलनमा होम्मिन बाध्य हुने बताए ।

सरकारी रवैयाका कारण मुलुकको निर्माण उद्योग धराशायी गर्न सरकार नै लागि परेको पुष्टि मात्र नभइ निर्माण व्यवसायीहरूले ‘आत्मदाह’ गर्न थालेको महासंघ बताउँछ ।

Share News