काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुलाई जेठ ३१ गते आदेश गर्ने भएको छ ।
अदालतले थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे अर्को बुधबार आदेश गर्ने भएको हो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै त्यो दिन मध्याह्नअघि बहस टुंग्याउन आग्रह गरेका हुन् ।