
फाइल फोटो
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । फाइनान्स कम्पनीले आफ्नो नाममा दर्ता कायम रहेका १० वटा कित्तामा रहेका घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो ।
फाइनान्सका अनुसार नवलपरासीको सिसवार १ र ३ वडा स्थित कित्ता नम्बर १४१०, २५८, २५९, २४९, २५५ र २५६ को क्रमशः ०-०-५, ०-०-१०, ०-०-१०, ०-०-१०, ०-०-१० र ०-०-१० क्षेत्रफल भएको जग्गा बिक्री गर्नेछ । यस्तै, मोरङ्गको मृर्गौलियाको ३ र ८ स्थित कित्ता नम्बर ७४ र ३५६ को ०-०-१४ र ०-१-० क्षेत्रफल, कुसैनी ३ स्थित कित्ता नम्बर ३५८ र ३५९ को ०-१-० र ०-३-१६ क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो ।
उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्मरकम्पनी तथा संघ संस्थाहरुले असार २१ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ ।