रवि र बालेन पनि भारतमा

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि भारत गएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली भारतको चार दिने औपचारिक भ्रमणमा रहेका बेला लामिछाने र बालेन पनि भारत गएका हुन् । दुवै जनाले व्यक्तिगत कारणले भारत गएको बताएका छन् । लामिछाने बुधबार भारत गएका हुन् भने [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि भारत गएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली भारतको चार दिने औपचारिक भ्रमणमा रहेका बेला लामिछाने र बालेन पनि भारत गएका हुन् ।

दुवै जनाले व्यक्तिगत कारणले भारत गएको बताएका छन् । लामिछाने बुधबार भारत गएका हुन् भने मेयर बालेन बिहीबार गएका हुन् । उपप्रमुख सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी दिएर शाह बिहीबार भारत गएका हुन् । भारत जानुकाे कारणबारे भने उनीहरुले खुलाएका छैनन् ।

कामको सिलसिलामा काठमाडौं बाहिर जानुपरेकोले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्न मेयर शाहले डंगोललाई अख्तियारी दिएका छन् ।

Share News