काठमाडौं । नेपाल लघुवित्त बैकर्स संघ कोशी प्रदेशको आयोजनामा वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा १५ सय भन्दा बढी विभिन्न लघुवित्तमा आवंद्ध महिलाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा महूली लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले आजको चुनौतिपूर्ण अवस्थामा कुनै भ्रममा नलागी लघुवित्तलाई यसको मर्म र भावना अनुसार संचालनमा सहयोग गर्नु पर्ने कुरा बताएका थिए ।
यसैगरी कार्यक्रममा उद्योग वाणिज्य महासंघ उदयपुरका अध्यक्ष चुडामणि कार्कीले अहिले लघुवित्तहरुले वैंक भन्दा पनि सस्तो व्याजमा गाउँ गाउँमा गई आफ्नो सेवा प्रदान गरिरहको बताएका थिए ।
कार्यक्रममा विभिन्न लघुवित्तमा सफल उद्यमी वनेका महिलाहरुले समेत आफ्नो अनुभव सुनाएका थिए ।