सरकारको ढुकुटी रित्तियो, पूर्व शिक्षकले पाएनन् पेन्सन

<p>काठमाडौं । बजेट नपुगेपछि २२ हजारभन्दा बढी शिक्षकको पेन्सन रोकिएको छ । अर्थले दिएको बजेट अपुगभएपछि पूर्व शिक्षकको चैत महिनाको पेन्सन रोकिएको निवृत्तिभरण व्यवस्थापन कार्यालयले जनाएको छ । मासिक रुपमा साढे ५ अर्ब बजेट आवश्यक पर्नेमा रकम अपुग भएपछि मुख्य शहरका पूर्व शिक्षक कर्मचारीको पेन्सन रोकिएको कार्यालयका प्रमुख बिष्णुप्रसाद खरेलले जानकारी दिए । चालू आर्थिक [&hellip;]</p>

काठमाडौं । बजेट नपुगेपछि २२ हजारभन्दा बढी शिक्षकको पेन्सन रोकिएको छ । अर्थले दिएको बजेट अपुगभएपछि पूर्व शिक्षकको चैत महिनाको पेन्सन रोकिएको निवृत्तिभरण व्यवस्थापन कार्यालयले जनाएको छ ।

मासिक रुपमा साढे ५ अर्ब बजेट आवश्यक पर्नेमा रकम अपुग भएपछि मुख्य शहरका पूर्व शिक्षक कर्मचारीको पेन्सन रोकिएको कार्यालयका प्रमुख बिष्णुप्रसाद खरेलले जानकारी दिए ।

चालू आर्थिक वर्षको बजेट बनाउँदा पुरानै स्केलमा बनाईएको र पेन्सन बढ्दा अपुग भएको उनको भनाई छ । उनका अनुसार हाल ५० हजार पूर्व शिक्षकले पेन्सन पाउदैँ आएका छन् ।

‘हामीलाई दिईएको बजेट अपुग भएपछि २२ हजारको चैत महिनाको पेन्सन रोकिएको हो, थप बजेटका लागि माग गरेका छौँ, अर्थबाट निकासा भएलगतै खातामा जम्मा गछौँ’, उनले भने ।

सरकारले चालू आवको बजेटमा १५ प्रतिशतले कर्मचारीको तबल बढाएको थियो । कर्मचारीको तलबसँगै पेन्सन समेत बढ्दा रकम अपुग भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला, झापा, मोरङ, जनकपुर, भैरहवा, चितवन लगायत १२ वटा जिल्लाका शिक्षकलाई पेन्सनको पैसा पठाउन बाँकी रहेको उनले बताए ।

पूर्वशिक्षक कर्मचारीको पेन्सन शिक्षामन्त्रालय मार्फत जानेछ भने बाँकी निजामति तथा नेपाल प्रहरी आर्मीको पेन्सन कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत भुक्तानी हुन्छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार आइतबारसम्म सरकारी कोष २ खर्ब २० अर्ब ५६ करोड ७५ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।

आइतबारसम्म सरकारको आम्दानी ७ खर्ब ३८ अर्ब ५६ करोड रुपैयाँ हुँदा खर्च ९ खर्ब ५९ अर्ब १३ करोड रुपैयाँ पुगेको हो । सरकारले चालु वर्षको हालसम्म ६ खर्ब ९७ अर्ब ७६ करोड रुपैयाँ कर, ४ अर्ब ८० करोड रुपैयाँ अनुदान र अन्य शीर्षकमा ३५ अर्ब ९९ करोड रुपैयाँ प्राप्ती गरेको छ ।

खर्चतर्फ चालू शीर्षकमा ७ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ । चालु आवमा सरकारले उक्त शीर्षकमा सरकारले ११ खर्ब ८३ अर्ब खर्च गर्ने लक्ष्य लिएको छ ।

यस्तै, विकास खर्चतर्फ तीन खर्ब ८० अर्ब खर्च गर्ने लक्ष्य रहेकोमा आइतबारसम्म एक खर्ब १३ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको छ । वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब विनियोजन भएकोमा हालसम्म एक खर्ब २९ अर्ब २५ करोड ५३ लाख रुपैयाँ खर्च भएको छ ।

Share News