बारामा मतगणना सुरु

<p>काठमाडौं । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर वडाबाट सुरु गरिएको छ । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् । यसअघिको [&hellip;]</p>

काठमाडौं । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर वडाबाट सुरु गरिएको छ ।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।

यसअघिको निर्वाचनमा बारा २ बाट विजयी भएका जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको थियो ।

Share News