काठमाडौंका सडकमा धुवाँ आउने गरी सेकुवा पोल्न नपाइने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ । वायु प्रदूषण भएको भन्दै महानगरपालिकाले नगर प्रहरी मार्फत सडक र सडकपेटीमै धुँवा आउने गरी सेकुवा पोल्न रोक लगाउन सुरु गरेको हो । पुतलीसडक र सिनामंगल क्षेत्रमा अरुलाई असर गर्ने गरी सेकुवा पोल्न बन्द गर्न सचेत गरएको महानगरले जनाएको छ । महानगरले सचेत गराएपछि पनि सेकुवा पसलेले [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ । वायु प्रदूषण भएको भन्दै महानगरपालिकाले नगर प्रहरी मार्फत सडक र सडकपेटीमै धुँवा आउने गरी सेकुवा पोल्न रोक लगाउन सुरु गरेको हो ।

पुतलीसडक र सिनामंगल क्षेत्रमा अरुलाई असर गर्ने गरी सेकुवा पोल्न बन्द गर्न सचेत गरएको महानगरले जनाएको छ ।

महानगरले सचेत गराएपछि पनि सेकुवा पसलेले अरुलाई असर पर्नेगरी धुँवा निकाले कारवाही गर्ने बताएको छ ।

Share News