सिबिफिनलाई प्रबल जनसेवाश्री मानपदवी

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) प्रबल जनसेवाश्री मानपदवीबाट विभुषित भएको छ । समग्र राष्ट्रको आर्थिक स्तरोन्नति र बैंकिङ क्षेत्रको सुधार एवं विकासका लागि अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पु¥याएको योगदानको आधारमा सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित भएको हो । संविधान दिवस–२०७९ को अवसरमा घोषणा भएको उक्त मानपदवी नयाँ वर्ष अर्थात् [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) प्रबल जनसेवाश्री मानपदवीबाट विभुषित भएको छ ।

समग्र राष्ट्रको आर्थिक स्तरोन्नति र बैंकिङ क्षेत्रको सुधार एवं विकासका लागि अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पु¥याएको योगदानको आधारमा सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित भएको हो ।

संविधान दिवस–२०७९ को अवसरमा घोषणा भएको उक्त मानपदवी नयाँ वर्ष अर्थात् मिति २०८० बैशाख १ गते राष्ट्रपतिको कार्यालयमा आयोजित सुशोभन समारोहमार्फत प्रदान गरिएको थियो । उक्त मानपदवी सिबिफिनको तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले ग्रहण गरेका थिए ।

संस्थागतरुपमा पहिलोपटक सो मानपदवी प्रदान गरिएको हो ।

Share News