निगमले बाइडबडी जहाज खरिद गर्दा लिएको ऋण तिरेन, ५ वर्षमै बढ्यो २ अर्ब

<p>काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई समयमा ऋणको ब्याज र सावा भुक्तानी नगरेको पाईएको छ । महालेखा परीक्षकको ६० औं प्रतिवेदन अनुसार निगमले कोषलाई ऋणको सावा र ब्याज भुक्तानी नगरेको उल्लेख गरेको हो । कर्मचारी सञ्चय कोषले नेपाल वायुसेवा निगमलाई जहाज खरिद गर्न २०७४ सालको जेठ २८ गते १२ लाख रुपैयाँ ऋण दिएको [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई समयमा ऋणको ब्याज र सावा भुक्तानी नगरेको पाईएको छ । महालेखा परीक्षकको ६० औं प्रतिवेदन अनुसार निगमले कोषलाई ऋणको सावा र ब्याज भुक्तानी नगरेको उल्लेख गरेको हो ।

कर्मचारी सञ्चय कोषले नेपाल वायुसेवा निगमलाई जहाज खरिद गर्न २०७४ सालको जेठ २८ गते १२ लाख रुपैयाँ ऋण दिएको थियो । सम्झौता अनुसार सरकारको जमानिमा कोषले वाईडबडी जहाज खरिद गर्न १२ अर्ब ऋण दिएको थियो । निगमको तोकिएको समयमा ऋणको सावाँ र ब्याज भुक्तानी नगरेपछि कोषले ब्याजलाई समेत पुँजीकरण गरेको थियो ।

१२ अर्ब ऋण लिएको ५ वर्षको अबधिमा २ अर्ब १५ करोड रुपैयाँ पुँजीकरण भएर १४ अर्ब १५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले ब्याज समेत पुँजीकरण गर्दा समेत सरकारको जमानत प्राप्त गर्न आवश्यक पहल नगरेको, ठूला र दीर्घकालीन परियोजनाहरुमा लगानी गर्दा विस्तृत अध्ययन, जोखिम विश्लेषण र व्यवसासिक योजनाको मूल्याँंकन पश्चात मात्र कर्जा प्रवाह गर्नुपर्नेमा सो नगरेकोले कोषको कर्जा असुलीमा जोखिम बृद्धि भईरहेको उल्लेख गरेको छ ।

Share News