
फाइल फाेटाे
काठमाडौं । सगरमाथा आधार शिविर (बेस क्याम्प) मा हिमपहिरो गएको छ । बुधबार विहान बेसक्याप र क्याम्प १ को बीचमा पर्ने ड्याम क्षेत्रमा हिमपहिरो गएको पर्यटन विभागले जनाएको छ।
बेस क्यापमा हिमपहिरो जहाँ आरोहणमा गएका तीन जना सम्पर्क विहीन भएका छन् । विभागका निर्देशक युवराज खतिवडाका अनुसार आरोहणमा गएका तीन जना सम्पर्क विहीन भएका हुन ।
बेस क्यापमा हिमपहिरो गएपछि उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर पठाईने तयारी भएको छ ।
एसपीसीसी र इम्याजिन नेपालको संयुक्त टोली उद्धारका लागि मुभ भए पनि सफल नभएको खतिवडाले जानकारी दिए।
उनका अनुसार बेपत्ताहरुमा डा छिरि शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा रहेका छन्।