काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउने तयारी गरेको छ ।
पछिल्लो समय निगमको व्यवस्थापकिय कमजोरी देखिएको, उडान प्रक्रियाका दौरान पटक/पटक लापरबाही गरेको भन्दै मन्त्रालयले सोमबार साँझ पुनः देस्रो पटक स्पष्टीकरण सोधेको हो ।
यसअघि गत चैत १५ गते मन्त्रालयले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई काठमाडौं–मलेसियाको क्वालाम्पुर नियमति हवाई उडानका विषयमा स्पष्टिकरण सोधेको थियो । निगमले चैत १९ गते बुझाएको स्पष्टिकरण स्पष्ट पानुपर्ने विषयहरु स्पष्ट नभएको भन्दै तीन दिनको समय राखेर मन्त्रालयले सोमबार साँझ पुनः स्पष्टिकरण सोधेको हो ।
मन्त्रालयले यसअघि सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै निगमलाई दोस्रो स्पष्टीकरण सोध्ने निर्णय गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए । उनले सामाजिक सञ्जाल (फेसबुक) मा एक स्ट्टाटस राख्दै निगमका कार्यकारी अध्यक्षलाई ५ बुँदे स्पष्टीकरण सोधिएको उल्लेख गरेका छन् ।
उनका अनुसार मलेसियाको क्वालालाम्पुरमा चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो, स्पष्ट पार्न निर्देशन दिएको छ ।
मन्त्रालयले निगमको जहाज दिल्लीमा रहँदा पाङ्ग्रा बिग्रिएर यात्रु घण्टौँ अलपत्र परेको विषयमा पनि निगमलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले सानातिना समस्या पनि समाधानमा निगम नेतृत्व असफल भएको भन्दै जवाफ समेत मागेको छ ।
त्यसैगरी राम्रो आम्दानी र नियमित उडान हुने काठमाडौं–दुबई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलाई भएको विषयमा जानकारी हुँदा हुँदै समेत पाइटलको व्यवस्था गर्न नसक्दा भएको आर्थिक भारबारे समेत जानकारी दिन मन्त्रालयले निर्देशन दिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान हराएको गुनासो बारम्बार आइरहेको भन्दै सो नियन्त्रण गर्ने कार्य योजना पेश गर्न निर्देशन दिएको हो ।
पर्यटनमन्त्रीका रुपमा सुदन किराती नियुक्त भएपछि निगमले आन्तरिक रुपमा उडान गर्दै आएको टिवनअट्र विमान कित पटक ग्राउण्डेड भयो । ग्राउण्डेड हुँदा संस्थालाई परेको आर्थिक भार र आगामी दिनमा यस्तो हुन नदिने कार्य योजना हुनु पर्छ कि पर्दैन ? भन्दै स्पष्टिकरण माग गरिएको पर्यटनमन्त्री सुदन किरातीले जानकारी दिए ।
दोस्रो पटक सोधिकएको स्पष्टीकरणको जवाफ आएपछि उनलाई हटाउने तयारीमा मन्त्री किराती रहेको मन्त्रालयले जनाएको छ ।
‘अधिकारीको कार्यक्षमतामा पटक/पटक प्रश्न उठ्दै आएको छ, पछिल्लो समय निगम व्यवस्थापनदेखि कर्मचारीहरु समेत अराजक भएको देखिएको छ, कार्यकारीको भूमिका नै स्पष्ट नभएपछि उनलाई हटाउने तयारी अनुसार नै स्पष्टीकरण सोधिएको हो’, स्रोतले भन्यो ।
यसअघि गत असारमा सरकारले अध्यक्ष अधिकारीलाई निलम्बन गरेको थियो । उनका काम चित्तबुझ्दो नभएको भन्दै तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले अधिकारीलाई स्पष्टीकरण सोधको थिए ।
स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नआएको भन्दै २०७९ को असार ६ गते मन्त्रिपरिषद्को बैठकले अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय समेत गरेको थियो । उक्त निर्णय विरुद्धमा अधिकारीले असार १३ गते सर्वाेच्च अदालमा रिट दर्ता गरेका थिए । अधिकारीको पक्षमा २३ असारमा सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।
सोही आदेश अनुसार निगम फर्किएका आधिकारीमाथि तत्कालीन पर्यटनमन्त्रीले समेत हटाउने तयारी गरेका थिए ।
आलेपछि तत्कालीन पर्यटनमन्त्री प्रेम आलेपछि पर्यटनमन्त्री जीवनराम श्रेष्ठले हटाउने तयारी गर्दै उनलाई स्पष्टिकरण सोधेका थिए ।