आइएमई पेबाट चार एयरलाइन्सको रिफन्डेबल टिकट काट्न सकिने

<p>काठमाडौं । अब ग्राहकले  विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्ने भएका छन् । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसनको &#8216;आइएमई पे&#8217; ले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचर अन्तर्गत यस्तो गर्न सक्ने भएका हुन् । पछिल्लो समयमा आइएमई पेले ल्याएको सो रिफन्डेबल एयरलाइन्स टिकट फिचरले लोकप्रियता प्राप्त गरे सँगै विभिन्न एयरलाइन्स कम्पनीहरु यस [&hellip;]</p>

काठमाडौं । अब ग्राहकले  विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्ने भएका छन् ।

आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ ले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचर अन्तर्गत यस्तो गर्न सक्ने भएका हुन् ।

पछिल्लो समयमा आइएमई पेले ल्याएको सो रिफन्डेबल एयरलाइन्स टिकट फिचरले लोकप्रियता प्राप्त गरे सँगै विभिन्न एयरलाइन्स कम्पनीहरु यस फिचरको प्रयोग गर्ने उदेश्यले ‘आइएमई पे’सँग जोडिने प्रकृया सुरु भएको कम्पनी बताउँछ ।

यसै क्रममा आइएमई पे मार्फत एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको टिकटहरु अब ग्राहकहरुले सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने छन् ।

ग्राहकहरुले आइएमई पेबाट सुपथ मुल्यमा उच्चतम क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नको साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूर्ण  मुल्य रिफन्ड पनि पाउन सक्ने कम्पनीले बताएको छ ।

Share News