काठमाडौं । नेपालका एक मात्रै फोर्ब्स डलर अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा ४० अर्ब रुपैयाँले बढेको छ ।
फोर्ब्सले बुधबार सार्वजनिक गरेको सन् २०२३ को विश्वभरका धनाढ्यहरुको सूचीमा चौधरी १ हजार ६४७ औं स्थानमा आइपुगेका छन् । गत वर्ष सन् २०२२ मा उनी १ हजार ९६५ औं स्थानमा थिए ।
गत वर्ष चौधरीको कुल सम्पत्ति एक खर्ब ९७ अर्ब थियो । एक वर्षमा उनको सम्पत्ति बढेर करिब २ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।
फोर्ब्सको सूची अनुसार चौधरी संसारका एक हजार ६४७औं धनी व्यक्ति हुन् । उनी नेपालका एक्ला अर्बपति हुन् ।